स्थानीय निर्वाचन : एमाले र राप्रपा नेपालबीच तालमेल गर्ने सहमति

लोकपथ
119
Shares

काठमाडाैं । आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल हुने भएको छ ।

बुधबार भएको सहमति अनुसार निर्वाचनका लागि विभिन्न ५ बुँदे सहमति भएको हाे ।

जसअनुसार देशभरका तालमेल संभव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राप्रपा नेपालको आफ्नो उम्मेदवार नभएका पालिकाहरुमा एमालेलाई सघाउने, एमाले र राप्रपाको जिल्ला कमिटीले आपसमा छलफल गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने र केन्द्रको सहमति अनुसार कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ । त्यसैगरी राप्रपा नेपालका उम्मेदवारहरु पनि एमालेकै निर्वाचन चिन्ह लिएर चुनाव लड्ने तर पछि राप्रपामा नै फर्किने, हस्ताक्षरकर्ताहरुले सहमति कार्यान्वयनका लागि आ(आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने विषयमा सहमति भएको छ ।

सरकारले आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन घोषणा गरेसँगै देशभर निर्वाचनको माहोल तातेको छ । सत्ताको नेतृत्व गरिरहेका ५ दलले तालमेल गरेर जाने भएसँगै एमालेले अन्य साना दलहरुसँग तालमेल गरेर जाने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?