काठमाडौं । नेपाली कांग्रेस रोल्पाले आफूले मागेको जति सिट नपाए एक्लै चुनाव लड्ने भएको छ । २९ फागुनदेखि चलेको एक महिने ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानका क्रममा प्राप्त सुझाव र उक्त सुझावमाथि भएको छलफलले आफूले मागे जति सिट नपाए एक्लै चुनाव लड्ने निर्णयमा पुगेका कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले जानकारी दिए ।
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितका दलहरूबीच तालमेल गर्ने भनिएका बेला कांग्रेस रोल्पाले तालमेलका लागि सर्त अघि सारेको हो ।
कांग्रेस रोल्पाले १० वटा पालिकाहरुमध्ये ५ वटा पालिकामा प्रमुख, ५ वटा पालिकामा उपप्रमुख, ३६ वटा वडाहरुमा अध्यक्ष सहित १ जना सदस्य र ३६ वटा वडाहरुमा ३ जना सदस्यको उमेदवारी हुने गरी गठबन्धनमार्फत निर्वाचनमा भाग लिने गरी सर्त अघि सारेको हो । यदी उक्त सर्त मान्य नहुने हो भने एकल ढंगले मित्रवत रुपमा सौहार्दतापूर्वक निर्वाचनको प्रतिस्पर्धामा भाग लिने सभापति आचार्यले जानकारी दिए ।
गठबन्धनमा आबद्ध दलहरुले केन्द्रबाट तालमेल गरेर जाने निर्णय गरेसँगै रोल्पा लगायतका धेरै जिल्लाहरुमा भने त्यसको विषयमा खटपट सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया