काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको भन्दै कटाक्ष गरेको छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले मंगलबार बीरगंजमा आयोजना गरेको आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताएका हुन् । नेताहरुले कमिशन र भ्रष्ट्राचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएका उनले जिकिर गरे । नेताहरु र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई कागजमा परिणत गरिदिनु बताए । उनले भने– ‘देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पु¥याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामान्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट ? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ? नेताहरुको घरमा । कमिशनको नाममा । भ्रष्ट्राचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनु प¥यो । यहाँबाट कमाएको, जग्गा बेचेर ल्याएको, अथवा व्यापार गरेर कमाएको, ट्याक्स तिरेको प्रमाण हुनुप¥यो । नभएपछि बोरामा राख्नुप¥यो । बाकसमा राख्नुप¥यो । आज नेताहरुको र काला व्यापारीहरुको घरमा नोट थन्किएको कारणले आज देशमा आर्थिक संकट आएको छ । एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देन जस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौ हामी । एकचोटी सहयोग गर्नुस् । हाम्रो मनमा छ । गर्न सकिन्छ भन्ने छ ।’
अध्यक्ष लिङ्देनले आफ्नै जिवनकालमा देश बनेको हेर्नका लागि मतदाताहरुले पार्टी र नेता फेर्ने बेला आएको बताए । उनले कांग्रेस, एमाले, माओवादी र मधेशवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टि थाप्नुजस्तै भएको टिप्पणी गरे । उनले भने– ‘हामी परिवर्तित हुने हो । हाम्रै जिवनकालमा यो देश बनेको हेर्ने हो भने हामीले पार्टी र नेता फेर्ने बेला आएको छ । कोही भन्नुहुन्छ, कांग्रेस, एमाले, माओवादी, मधेशवादीलाई कतिचोटी भोट दियो भने चाहीँ यो देश बन्छ होला । तिनैलाई भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तो हो । साँढेको टाङमुनि बाल्टि थापेर दुध आउँछ ? साँढेको धर्म नै दुध दिने होइन । एउटा पार्टीले, एउटा नेताले पटक–पटक मौका पाउँदाखेरी जनताले सम्झने एउटा काम हुन सकेन । ३१÷३२ वर्षमा यिनीहरुले देशलाई एउटा कुनै नयाँ दिशा दिन सकेनन् मात्र होइन, देशलाई बर्बादीको यो बिन्दुमा पु¥याए अनि फेरी यिनैलाई देश भोट दिएर देश बन्छ भन्नुभनेको त साँढेको टाङमुनि बाल्टि थाप्नु जस्तै त हो नि ।’
उनले देशका ठुला राजनीतिक पार्टीहरुले देशलाई बर्बादीको बिन्दुमा पर्याएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया