रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित

लोकपथ
119
Shares

किभ । युक्रेनमा रुसी हमलापछि ४८ लाख बालबालिका विस्थापित भएका छन् । यो युक्रेनका बालबालिकाको कुल जनसंख्याको झन्डै दुई तिहाई हो ।

राष्ट्रसंघीय बालकोष युनिसेफका आपतकालीन कार्यक्रम निर्देशक म्यानुअल फोनटाइनले यति ठूलो संख्यामा बालबालिका विस्थापित भएको पहिलो पटक देखेको उनले टिप्पणी गरेका छन् ।

शरणार्थी बालबालिकामध्ये २८ लाख देशभित्रै र २० लाख अन्य देशमा विस्थापित भएको उनले बताए । २४ फेब्रुवरीदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १४२ जना बालबालिकाको मृत्यु भएको राष्ट्रसंघले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?