काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ दल माओवादी केन्द्रले महानगर, उपमहानगर, नगर तथा गाउँपालिका उम्मेदवारहरुको नाम आगामी वैशाख ५ गतेसम्म सिफारिस गर्न परिपत्र गरेको छ ।
सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञप्ति जारी गर्दै गठबन्धनमा तालमेलका लागि विशेष प्राथमिकता दिने र सर्वसहमतीमा उम्मेदवार छनोट गर्नका लागि परिपत्र जारी गरिएको हो ।
परिपत्र अनुसार महानगर र उपमहानगर मेयर तथा उपमेयरका उम्मेदवारहरुको नाम पार्टीका प्रदेश कमिटीहरुले सर्व सम्मत भए एक/एक जना सर्वसम्मत गर्नुपर्नेछ । तथा सर्वसम्मत हुन नसकेमा प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्नुपर्नेछ ।
‘स्थानीय तह निर्वाचनका लागि महानगर, उपमहानगरको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नाम पार्टीका प्रदेश समितिहरुले सर्व(सम्मत भए एक÷एक जना सर्वसम्मत नभए प्राथमिकता क्रममा ३ जनासम्मको नाम केन्द्रीय कार्यालयमा पेश गर्ने ।’ जारी परिपत्रमा भनिएको छ ।
त्यसैगरी नगरपालिका वा गाउँपालिका प्रमुख उपप्रमुखहरुको सिफारिस सम्बन्धित जिल्ला समन्वय समितिहरुको सुझावसहित प्रदेश समितिहरुले उम्मेदवारको अन्तिम टुंगो लगाउनुपर्नेछ । त्यसको अनुमोदन भने केन्द्रीय कार्यालयबाट गराउनुपर्ने बताइएको छ ।
साथै वडा अध्यक्ष र सदस्यहरुको हकमा भने सम्बन्धित पार्टी वडा समितिको सिफारिसमा पालिका समितिले निर्णय गर्ने र प्रदेश समितिले अनुमोदन गर्ने बताइएको छ ।
त्यसैगरी स्थानीय निर्वाचनमा गठबन्धन गरेर गएसँगै प्रमुख तथा उपप्रमुखहरु मध्ये एक जना महिला बनाउनु पर्ने बाध्यकारी व्यवस्था लागू नहुने भएसँगै महिलालाई प्राथमिकता दिएर अघि बढ्न समेत निर्देशन दिइएको छ । माओवादी केन्द्रले विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्षमा र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड दिने भनिएको छ ।
‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चितथ गर्न विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तिमा एक पालिका प्रमुख वा अध्यक्ष र प्रत्येक पालिका अन्तर्गत कम्तिमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिने विशेष जोड गर्ने ।’ जारी परिपत्रमा भनिएको छ ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै सत्ताको नेतृत्व गरिरहेका दलहरु गठबन्धन गरेरै अघि बढ्ने भएका छन् । देशभर आवश्यक्ता अनुसार तालमेल गरेर अघि बढ्ने निर्णय गरेका दलहरुको सोमबारको बैठकले गठबन्धनलाई थप मजबुत बनाएर अघि बढ्नका लागि आह्वान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया