कस्तो रहला आजको मौसम ?

लोकपथ
98
Shares

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आँशिक बदली रहेको छ।

यस्तै दिउँसो बागमतीसहित प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैगरी राति पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। यस्तै प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागहरुका एक दुई स्थानहरुमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?