सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टिँदा चालकसहित बसमा सवार २४ जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये ५३ वर्षीया कमला श्रेष्ठ राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको जनकपुरस्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागि प्युठान पुगेर मोरङतर्फ फर्कँदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया