५ दलीय गठबन्धनको संयुक्त अपील आउँदै, छ दलमा मात्रै तालमेल

लोकपथ
0
Shares

५ दलीय गठबन्धनले स्थानीय तह निर्वाचन लगायत आवश्यक समसामायिक विषयमा संयुक्त अपिल जारी गर्ने भएको छ । यस्तो अपील सोमबार जारी गर्ने गठबन्धनको तयारी छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रको आइतबार बसेको बैठकले संयुक्त अपील जारी गर्ने निर्णय गरेको हो ।
बैठकले निर्वाचनमा पाँचदलीय गठबन्धनका बीचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अगाडी बढ्ने शीर्ष नेतासमक्ष प्रस्ताव गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले प्रदेश र जिल्लाले २०७८ चैत्र मसान्त भित्र पाँच दलीय बैठक राखी सहमति कायम गरेर केन्द्रमा निर्णय पठाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?