राष्ट्र बैंकका गर्भनर स्वतः निलम्बित

लोकपथ
364
Shares

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी स्वतः निलम्बनमा परेका छन् । अर्थ मन्त्रालयले अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाउँदै छानबिन समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार शुक्रबार पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएसँगै उनी स्वतः निलम्बनमा परेका हुन् ।

छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?