१. स्थानीय तहको निर्वाचनका लागि आजबाट आचारसंहिता लागू, प्रचारप्रसारका लागि झोला, टोपी, ब्याग जस्ता प्रचार सामाग्री छाप्न नपाइने, खर्च कम गर्न निर्वाचन आयोगको आग्रह
२. संघीय निर्वाचनमा ३ सिट जितेर देखाउन माधव नेपाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौती, पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र नेपालले दुरुपयोग गरेको आरोप
३. चुनावी तालमेलको पक्षमा संयुक्त वक्तव्य जारी गर्ने गठबन्धनको निर्णय, तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्ने र समस्या देखिएका जिल्लाहरुमा सैद्धान्तिक छलफल गर्ने
४. स्वदेशमै गुणस्तरीय उच्च शिक्षा दिने वातावरण सिर्जना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह, स्वदेशमै उच्च शिक्षा दिनसके स्वावलम्बी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त
५. नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने अर्थमन्त्री जर्नादन शर्माको दाबी, अर्थतन्त्र दबाबमा रहेकाले सबै क्षेत्रबाट सहयोग लिएर सुधार गर्नुपर्नेमा जोड
६. नेपाललाई दक्षिण एसियामै समृद्ध बनाउन सकिने धेरै आधार रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, सरकारले उदार अर्थतन्त्रमा विश्वास राख्ने भएकाले देशको आर्थिक विषयमा सबैलाई समेटेर अगाडी बढ्ने प्रतिक्रिया ।
७. कांग्रेस, एमाले र माओवादी असफल भइसकेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको आरोप, कांग्रेस–एमाले र माओवादीको अघोषित गठबन्धनले देश बेरोजगारी उत्पादन गर्ने कारखाना बनेको टिप्पणी ।
८. बतास समूहद्वारा पशुपति धर्मशालाभित्र सञ्चालित होटलको मूलगेटमा सरकारले लगायो ताला, धर्मशालाको मूलगेटमा ताला नलगाउन काठमाडौं जिल्ला अदालतको आन्तरकालीन आदेश ।
९. नेपाल बार एसोसिएसनको अध्यक्षमा प्यानलसहित गोपालकृष्ण घिमिरे निर्वाचित, निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारी करिब २ हजार मतान्तरले पराजित ।
१०. राप्रपा नेपालले ग¥यो चुनावी घोषणा पत्र सार्वजनिक, संघीयताको वर्तमान स्वरुप र संरचना परिर्वतन गर्नुपर्नेमा जोड ।
११. आयातलाई प्रतिस्थापन गर्न नसके अर्थतन्त्रमा थप चुनौती रहने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ, अर्थतन्त्रलाई उत्पादनमुखी बनाई निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड ।
१२. युक्रेनको ट्रेन स्टेशनमा रकेट हमला ः ३० जनाको मृत्यु, एक सयभन्दा बढी घाइते ।
१३. भारतमा पेट्रोल–डिजेलपछि कागतीको मूल्यको चर्चा, एक किलो कागतीको मूल्य ४ सय रुपैयाँसम्म पुग्यो ।
१४. अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता भोलि भृकुटीमण्डपमा हुँदै, नेपाल, अमेरिका, भारत र पाकिस्तानका रेस्लरबीच भिडन्त हुने ।
१५. र, सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गतको अन्तिम खेलमा बाँसबारी क्लब विजयी, झम्सिखेल युथ क्लब २–१ गोल अन्तरले पराजित।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया