नेपाल बारको अध्यक्षमा घिमिरेको जित सुनिश्चित

लोकपथ
490
Shares

काठमाडौं । नेपाल बार एसोसियशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार घिमिरेलेले ३७२८ मत प्राप्त गरेका छन् । उनी १४ सय मत गणना गर्न बाँकी छँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसको आधिकारिक घोषणा हुन बाँकी छ । उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन् ।

डिएलएका केन्द्रीय सदस्य कीर्तिनाथ शर्मा पौडेलका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ । बारको निर्वाचनमा ७४२९ मत खसेको थियो। अब १४२९ मतगणना गर्न बाँकी छ । जबकी घिमिरेअधिकारीभन्दा १७५१ मतले अगाडि छन् । अब गणना गर्न सबै मत अधिकारीले पाए पनि घिमिरेको भन्दा कमै हुन्छ । आजै मतगणना सकेर अन्तिम परिणाम आउने शर्माको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?