आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
7
Shares

१. गैरसांसद गोविन्द प्रसाद शर्मा कोइराला कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त, आजै शपथ तथा पदभार ग्रहण ।

२. प्रधानमन्त्री शेरबहादुर देउवाले गरे टाइफाइडविरुद्धको खोपको उद्घाटन, आजदेखि सुरु भएको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्ने ।

३. संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, संविधानमा धेरै विषय समेट्न बाँकी रहेको उल्लेख ।

४. ६ महिनापछि उद्योग मन्त्रालयले पायो मन्त्री, प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा दिलेन्द्रप्रसाद बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी ।

५. संसदीय व्यवस्था संकटग्रस्त भएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को भनाइ, संसदको चुनाव नभई जनमत संग्रह गर्न आग्रह ।

६. आचारसंहितामा त्रुटि देखिएको भन्दै निर्वाचन आयोग पुगेर नेकपा एमालेका महासचिव शंकर पोखरले गराए आयोगको ध्यानाकर्षण, ६ बुँदे असहमति पेस ।

७. प्रचण्ड र माधव नेपालको राजनीतिक जीवनको अन्तिम टिकट काटिदिने नेकपा एमालेका नेता महेश बस्नेतको चेतावनी, गठबन्धनलाई धम्काउन प्रचण्डले एमालेलाई प्रयोग गर्न खोजेको आरोप ।

८. सिमकार्ड बिक्रीवितरणमा कडाइ गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन, ग्राहकलाई रीतपूर्वक फारम भराई विवरण रुजु गरेर मात्र सिमकार्ड बिक्री वितरण गर्न अनुरोध ।

९. निर्वाचनमा आचारसंहिता पालना गर्न मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको आग्रह, सबै राजनीतिक दललाई आचारसंहिता पालना मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ६ सय ६८ परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि २५ जना संक्रमणमुक्त ।

११. नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनायो एक पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर, स्कुटर बनाउन तीन लाख खर्च ।

१२. रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोजेको युक्रेनी भनाइ, रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेको दाबी ।

१३. ६७ रुसीमाथि अस्ट्रेलियाले लगायो प्रतिबन्ध, बुचा र इरपिनमा भएका नरसंहारबारे बोल्न क्यानडाले रुसी राजदूतलाई बोलाउने ।

१४. युरोपा लिग फुटबलअन्तर्गतको क्वाटर फाइनल खेलमा आज फ्र्याङफट र बार्सिलोना भिड्दै, दुवै टिम एक–अर्कालाई हराउँदै जित हात पार्ने दाउमा ।

१५. र, इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै, नवप्रवेशी टोली लखनउ आज तेस्रो जितको खोजीमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?