काठमाडौं । प्रहरी बेवारिसे अवस्थामा रहेका सात थान रोयल ईन्फिल्ड कम्पनीका बुलेट बाइक बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न करिब २१ लाख मूल्यबराबरका बुलेट बाइक बरामद गरेको हो ।
भारतीय नाकाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइ नक्कली नम्बर प्लेट राखी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सात थान बुलेट बाइक बरामद गरेको हो ।
बरामद मोटरसाइकललाई आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाएको महाशाखाले जनाएको छ ।
सबै बाइकमा नक्कली नेपाली नम्बर राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया