सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने गृहकार्य गरिरहँदा गुल्मीको एक गाउँपालिकामा स्थानीय स्तरमै गठबन्धनको उम्मेदवार नै घोषणा गरिएको छ। गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेतालाई साझा उम्मेदवारको रुपमा घोषणा गरेको हो।
गत स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारले जितेको यस गाउँपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार घोषणा गरिएको हो ।
मंगलबार गाउँपालिकाको ठूलीचौरमा चुनावी घोषणा सभाको आयोजना गरी सत्तारुढ पाँचदलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको नेतालाई साझा उम्मेदवार बनाउने पाँच दलीय गठबन्धनले घोषणा गरेको हो। माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले उम्मेदवारको टुङ्गो नलागे पनि पार्टीका गाउँपालिका अध्यक्ष देविराम अर्यालको नाममा छलफल भइरहेको बताए । हाल माओवादी केन्द्र मालिका गाउँपालिकाका अध्यक्षसमेत रहेका अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
गठबन्धनले पालिका बाँडफाँडको टुङ्गो लगाउन सुरु गरेको र छिट्टै अन्य पालिकाको पनि टुङ्गो लगाएर निर्वाचनमा होमिने बताए । गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा चुनावी घोषणा सभा गरी अर्याललाई अध्यक्षमा उठाउने निर्णय गरेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया