काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेनसनले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रविधिक सहयोगमा “नेसनल सिम्पोइजम अन मेजर एग्रीकल्चरल इनपुट, सप्लाइ, प्रोभिन्सियल एग्रिकल्चरल प्रोग्राम एन्ड सबसिडी मेकानिजम इन नेपाल” संगोष्ठी सञ्चालन गरेको छ ।
कार्यक्रमको औपचारिक उट्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले पानसमा दीप प्रज्वलन गरी गरेका हुन् । बुधबार औपचारिक उट्घाटन गरिएको कार्यक्रम काठमाडौं स्थित होटेल रेडिसनमा तीन दिनसम्म चल्नेछ ।

साल्ट ट्रेडिङ कर्पोरेसनको संयुक्त तत्वावधान तथा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रविधिक सहयोगमा संगोष्ठी सञ्चालन गरिएको हो ।

कार्यक्रमको उट्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सचिव निरु दाहाल पाण्डे, इन्डीयन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया