काठमाडौं । नेपाली नयाँ वर्षको उपलक्ष्यमा अमेरिकाको क्यालिफोर्नियामा ‘नेपाल डे परेड’ आयोजना हुने भएको छ ।
एनआरएन युएस पश्चिम तटीय क्षेत्र र क्यालिफोर्निया च्याप्टरले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा नेपाली नँया वर्षको उपलक्ष्यमा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा ‘नेपाल डे परे’ आयोजना हुन लागेको हो ।
अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान फ्रान्सिस्कोको फेरी बिल्डिङबाट सुरु भएर सिभिक सेन्टरको युएन प्लाजामा पुगेर कोण सभामा परिणत हुने बताइएको छ ।
कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागीहरु उपस्थित हुने मूल आयोजक समितीका संयोजक श्रीराम थापाले बताएका छन् ।
एनआरएनएले विभिन्न स्थानीय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने बताइएको छ।
त्यसैगरी विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झांकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्कीले जानकारी दिए।
कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराईलगायत अन्य स्थानीय कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयाँलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया