श्रीलंकामा जारी संकटकाल खारेज

लोकपथ
966
Shares

काठमाडौं । श्रीलंकामा लागू गरिएको संकटकाल खारेज भएको छ । देशव्यापी राजनीतिक तथा आर्थिक उथलपुथलबीच राष्ट्रपति गोटाबाया राजापाक्षेले संकटकाल अवस्था खारेज गरेका हुन् ।

सरकारविरोधी प्रदर्शनबीच गठबन्धनका सहयोगीहरू सरकारबाट बाहिरिएपछि राष्ट्रपतिले आफ्नो संसदीय बहुमत गुमाएका थिए ।

नवनियुक्त अर्थमन्त्री अली साब्रेले मंगलबार राजीनामा दिएका थिए। अर्थमन्त्रीमा नियुक्त भएको भोलिपल्ट उनले राजीनामा दिएका थिए ।

त्यसअघि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक राजीनमा दिएका थिए। टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँग देशमा राजनीतिक संकट पनि चुलिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?