ललितपुरबाट १ लाख घूससहित सर्भेक्षक पक्राउ

लोकपथ
0
Shares

राजधानीको ललितपुरबाट १ लाख घूससहित सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी पक्राउ र अमिन प्रकाश राज भट्ट पक्राउ परेका हुन् ।

जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?