आज दिनभरका मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
133
Shares

१. काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाह आजबाट सञ्चालनमा, चोभार सुक्खा बन्दरगाहले देशको आयात–निर्यातलाई थप सहज बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, ।

२. एमालेसँग चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, केही व्यक्तिले आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको भन्दै कटाक्ष ।

३. रामचन्द्र पौडेलको नेतृत्वमा गठबन्धनले ग¥यो निर्वाचन तयारी तथा अनुगमन समिति गठन, समितिले आगामी स्थानीय तहको निर्वाचनमा देशभर कसरी तालमेल भइरहेको छ भन्ने विषयमा अनुगमन गर्ने।

४. आचारसंहितामा हस्ताक्षर गर्ने विषयमा निर्वाचन आयोगमा राजनीतिक दलका प्रतिनिधि र आयोगका पदाधिकारीबीच चर्काचर्की, वातावरण नै नबनेको भन्दै एमालेले गरेन निर्वाचन आचारसंहितामा हस्ताक्षर ।

५. सहकारीहरू स्थापनाको उद्देश्य, मर्म र भावना अनुसार सञ्चालन हुनुपर्नेमा भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठको जोड, उत्पादन र उत्पादकत्व वृद्धि गर्नेगरी भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी ।

६. चुनाव जित्न मात्र गठबन्धन नगरेको ऊर्जामन्त्री पम्फा भुसालको भनाइ, जनताको संघर्षका बलमा प्राप्त उपलब्धि र संविधानमाथि अझै चुनौती रहेको प्रतिक्रिया ।

७. उदयपुरको बेलका नगरपालिकामा विद्यालय जाँदै गरेकी छात्राको हत्या, हत्या गरेको आरोपमा २ जना पक्राउ, घटनाबारे अनुसन्धान गर्दै प्रहरी ।

८. स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लै लड्ने महासचिव शंकर पोख्रेलको भनाइ, गठबन्धनका दलले एमालेले राजावादी दलसँग तालमेल हुँदै छ भनेर भ्रम फैलाएको आरोप ।

९. सबै दल, उम्मेदवार र मतदातालाई शान्तिपूर्वक र स्वतन्त्र अभिमत व्यक्त गर्नसक्ने वातावरण कायम राख्न ट्रान्सपरेन्सी इन्टरनेसनलको आह्वान, आफ्नै हातले आफू र आफ्ना सन्ततिको भविष्य सुनिश्चित गर्ने यो अवसरमा नचुक्न आग्रह ।

१०. राप्रपाले काठमाडौँमा चैत २५ गते शक्ति प्रदर्शन गर्ने, देशभरि उर्लिएको जनलहर र पार्टी प्रवेश कार्यक्रमलाई काठमाडौँमा हुने आमसभामा पनि निरन्तरता दिने उपाध्यक्ष बुद्धिमान तामाङको भनाइ ।

११. नेपालका १७ जिल्ला कोरोना संक्रमणबाट मुक्त, पछिल्लो २४ घण्टामा गएिको ५ हजार ५ सय ८७ परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जना संक्रमणमुक्त, ।

१२. श्रीलंकामा गठबन्धन सरकारमा आबद्ध दलका ४० सांसदहरूले दिए राजीनामा, औषधिको चरम अभावपछि मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा।

१३.युक्रेनमा असाधारण हतियार पठाउने बारेमा साझेदारसँग छलफलमा अमेरिका, रुसले युद्ध अपराधको निशाना मेट्न खोजेको युक्रेनी राष्ट्रपतिको दाबी ।

१४. चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा, ‘बी’ लिग खेलेको पहिलो सिजनमै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लियो ।

१५. र, आगामी जेठमा तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स¥यो, अब एन्फाको निर्वाचन आगामी असार ६ गते हुने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?