भूतपूर्व गोरखा सैनिकहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्ड

लोकपथ
56
Shares

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भूतपूर्व गोरखा सैनिकहरूको संगठन गेसोका केही पदाधिकारीसहित सदस्यहरूलाई पार्टी प्रवेश गराउने भएका छन् ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेर पार्टीमा प्रवेश गराउने भएका हुन् । पार्टी प्रवेश गर्नेहरूमध्ये केही नेताको आजै जिम्मेवारी तोकिने माओवादी केन्द्रले जनाएको छ ।

जिम्मेवारी प्राप्तपछि स्थानीय तह निर्वाचन अभियानमा खटाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?