१. आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु एकताबद्ध भएर जाने निर्णय, निर्वाचनमा महानगरपालिकाको तालमेलसम्बन्धी निर्णय केन्द्रबाटै गर्ने सत्तारुढ दलहरू सहमत
२. नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको दाबी, अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकोले आफू अफ्ठयारासँग नभाग्ने प्रतिबद्धता
३. अहिलेको सरकारको काम गर्ने क्षमता र दक्षता दुवै नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, चुनावपछि अहिलेको सरकारले काटेका विकासे योजनालाई एमालेले अघि बढाउँने उल्लेख
४. निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन भनेर आयोगले हेर्न चाहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाद्वारा प्रस्ट, आफूले आचारसंहिताको पालना गरे/नगरेको आफैंले अनुगमन गर्नुपर्ने भनाइ
५. ५ वर्षका उपलब्धि उल्लेख गर्दै एमालेले स्थानीय तहमा अलग्गै प्रतिबद्धतापत्र बनाउने, प्रतिवद्धता पत्र निमार्ण गर्दा विज्ञहरूसँग छलफल गर्न निर्देशन
६. १० वर्षभित्र नेपाललाई एसियाको सम्पन्न देश बनाउने लक्ष्य भएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको दाबी, नेपाललाई सम्पन्न देश बनाउन सरकार अघि बढेकाले सबैको साथ र सहयोग आवश्यक रहने धारणा
७. नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेको फ्रतिक्रिया
८. मुख्य शत्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्ने बाबुराम भट्टराईको भनाइ, नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उल्लेख
९. नेपाल प्रहरीका तीनजना डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने सरकारको निर्णय, बढुवामा विभेद गरेको भन्दै एआईजीमा बढुवा नभएका तीन डीआईजी पुगे सर्वोच्च अदालत
१०. सरकारी सम्पत्तिमा मनपरी गर्नेलाई छुट नदिने पर्यटनमन्त्री प्रेमबहादुर आलेको दाबी, नेपाल सबै जातजाति तथा धर्मावलम्बीहरूको साझा फूलबारी भएको भनाइ
११. चार करोड २१ लाख हिनामिना गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको अक्तियारको ठहर
१२. पूर्वीयुक्रेनमा थप लडाइँका लागि आफ्नो सेना तयार रहेको भन्दै युक्रेनका राष्ट्रपतिले दिए रुसलाई चेतावनी , रुसी सेनाहरू पूर्वी दोनबास क्षेक्रमा आत्रमण गर्न पुनः संगठित भइरहेको दाबी
१३. रुस प्रतिबन्धले डलरको प्रभुत्व कमजोर बनाउँदै, अन्तर्राष्ट्रिय मौद्रिक प्रणाली खण्डित हुने अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको चेतावनी
१४ एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीले बोलाए २४ खेलाडी, नवयुग श्रेष्ठ र विकास खवासको राष्ट्रिय टिममा पुनरागमन
१५. र, करण केसीको ह्याट्रिकमा नेपाल क्रिकोणात्मक टी९ट्वान्टी अन्तर्राष्ट्रिय त्रिकेट सिरिजको फाइनलमा, क्रिवि त्रिकेट मैदानमा भएको खेलमा पीएनजी ३७ रनले पराजित ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया