यातायात कार्यालयमा बिचौलियाको बिगबिगी : सेवाग्राहीलाई दु:ख दिने १५ जना पक्राउ

लोकपथ
98
Shares

ललितपुर । ललितपुर यातायात कार्यालयमा आएका सेवाग्राहीलाई दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने खोटाङ दिक्तेल घर भएकी १९ वर्षीया इनिमाया राईसहित १५ जना रहेका छन् ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित यातायात व्यवस्था कार्यालय, बागमतीको कार्यालय परिसर तथा बाहिर समेत अनाधिकृतरुपमा मानिसहरु भेला जम्मा भई कार्यालयमा आउने सेवाग्राहीहरूलाई अनावश्यक रुपमा झन्झटमा पारी कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याउने कार्य गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?