कस्तो रहला आज दिनभरको मौसम ?

लोकपथ
7
Shares

हाल देशको मौसममा भारतको विहार आसपासमा रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान पहाडी भूभागमा सामान्य बदली रहेको छ भने अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ । यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै दिउँसो जस्तै प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?