१. बिमस्टेक बडापत्र पारित, तीनवटा सम्झौतामा हस्ताक्षर, प्रधानमन्त्री देउवाले बिमस्टेकलाई समृद्ध र मजबुत बनाउन प्रस्तुत गरे पाँच योजना ।
२. गठबन्धनबिना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत कसैको नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा अेलीको दाबी, देशभरबाट एमालेमा प्रवेश गर्नेहरूको जनलहर देखेर अन्य दल त्रसित भइरहेको प्रतिक्रिया ।
३. स्थानीय तहसँग सम्बन्धित कानुनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका– २०७९ जारी, स्थानीय तहमा उम्मेदवारी दिँदा १९ बुँदे स्वघोषणा गर्नुपर्ने निर्वाचन आयोग निर्णय ।
४. आगामी स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकै मेयर हुने अध्यक्ष ‘प्रचण्ड’को दाबी, निर्वाचनमा तालमेल गरी पुनः रेणुलाई गठबन्धनबाट मेयरको उम्मेदवार बनाउने तयारी ।
५. स्थानीय निर्वाचनका विषयमा छलफल गर्न सत्ता गठबन्धनले बोलायो बैठक, भोलि बस्ने बैठकमा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने ।
६. पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्ने स्वास्थ्यमन्त्री विरोध खतिवडाको प्रतिबद्धता, स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउनसके स्वास्थ्योपचारमा सहजता हुने धारणा ।
७. मधेश प्रदेशसभाको बैठक स्थगित, बैठकमा गणपूरक संख्या नपुगेपछि २ मिनेट बसेरै सकियो बैठक ।
८. आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको दाबी, सत्तारुढ दलहरूको पाँचदलीय गठबन्धन र विपक्षमा चारदलीय गठबन्धन बन्ने भनाइ ।
९. आगामी निर्वाचनमा माओवादी र एकीकृत समाजवादीले गठबन्धनबिना एक सिट पनि नजित्ने नेकपा एमालेका नेता दुर्गा प्रसाईँको दाबी, गठबन्धनबिना एक सिट पनि जिते आफ्नो सबै सम्पत्ति पास गरिदिने घोषणा ।
१०. सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाको भनाइ, गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रूपान्तरण हुने धारणा व्यक्त ।
११. पछिल्लो २४ घण्टामा गरिएको ५ हजार १ सय ९२ परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या १ हजार १ सय ४६ ।
१२. युक्रेनको किभ र चेर्निभमा हमला कटौती गर्ने रुसी घोषणा, युक्रेन अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायीरूपमा तटस्थ राज्य बन्न तयार रहेको लिखित प्रस्ताव पेस ।
१३. पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने, प्रधानमन्त्रीविरुद्धको प्रस्ताव बिफल हुने पाकीस्तानी आन्तरिक मन्त्री शेख रसिदको दाबी ।
१४. सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसन विजयी, एन्फा कम्प्लेक्समा भएको खेलमा वीरगञ्ज युनाइटेड १–० गोल अन्तरले पराजित ।
१५. र, त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित, त्रिवि क्रिकेट मैदानमा भएको खेलमा मलेसिया ६ विकेटले पराजित, आसिफ बने प्लेयर अफ द म्याच ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया