थाइल्याण्डमा गुफामा दुई हप्तादेखि फसेका फुटबल प्रशिक्षकसहित १२ जना बालबालिकाको सकुशल उद्दार भएको छ ।
गुफामा फसेका उनीहरुलाई उद्दार गर्न तीनदिन अघि उद्दार कार्य सुरु भएको थियो ।
९ दिन अगाडि बेलायती गोताखोरले उनीहरु १३ जना गुफाको अँध्यारो र हिलैहिलो भएको एक कुनामा भोकाएको अवस्थामा भेटेको थियो ।
गत जुन २३ मा थाइल्याण्डको उत्तरी राज्य चियाङ राईमा ११ देखि १६ वर्षसम्मका बालक र उनीहरुका २५ वर्षका प्रशिक्षक फुटबल प्रशिक्षणका क्रममा गुफामा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया