नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भइसकेको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा दिल्लीबाट भर्चुअल माध्याममार्फत १९ गते शनिबार उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । त्यसबेला नेपालका प्रधानमन्त्री देउवा भारत भमणमा जाने मितिसमेत तय भइसकेको छ।
जयनगर-जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले रेलसम्बन्धी अध्यादेश तेस्रो पटक ल्याएपछि उद्घाटनको मिति तय भएको महाप्रबन्धक झाले जानकारी दिए । यसअघि दोस्रो अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन खडा भएको थियो। गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया