कलाकार शाहलाई थुनामुक्त गर्न माग

लोकपथ
133
Shares

नाबालिकाको यौन शोषण गरेको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका कलाकार पल पूर्णविक्रम शाहलाई छाइनु पर्ने माग गर्दै उच्च अदालत पोखरामा निवेदन दता भएको छ।

तनहूँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहका बकिलले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध मङ्गलबार निवेदन दिएका हुन् ।
निवेदनमा पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश बदरगारी तारेखमा रिहा गर्न माग राखिएको कलाकार शाहको पक्षका वरिष्ठ अधिवक्ता कमलामोहन बाग्लेले जानकारी दिए । उनका अनुसार फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ (२) बमोजिम थुनामुक्तको माग राखी निवेदन दिइएको छ । प्रारम्भिक बहस बुधबार सुरु हुने खबर गोरखापत्रमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?