गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई मजबुत बनाउन प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनुपर्ने बताएका छन्।
काठमाडौँमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४९औँ बैठकमा उनले विकास निर्माण तथा अन्य क्षेत्रमा झेल्नुपरेका समस्याबारे चर्चा गर्दै सम्भावित उद्योगको सञ्चालनमा सङ्घीय सरकारको ध्यानाकर्षण गराए । प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट राष्ट्रिय विकास समस्या समाधान समितिमा पेस गर्न निर्णय भएका विषयलाई नै मुख्यमन्त्री पोखरेलले बैठकमा राखेका हुन् । गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई दिन माग गर्दै उनले भने, “कुन मोडलमा सञ्चालन गर्ने हो, त्यसको तयारी हामी गर्छौं, यति धेरै सम्भावना रहेको उद्योगलाई अलपत्र अवस्थामा छाड्नु हुँदैन ।”
गैँडाकोटको भृकुटी कागज कारखानाले ओगटेको जग्गाको सदुपयोग गर्नसमेत ध्यानाकर्षण गराउँदै उहाँले कारखानाको जग्गा व्यक्तिको नाममा भए पनि त्यहाँ मेडिकल कलेज वा आइटी सेन्टर सञ्चालनको सम्भावना रहेको उल्लेख गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया