जीप भीरबाट खस्दा एकको मृत्यु, नौ घाइते

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिका–३ स्थित चैतेभीरबाट आज बिहान जीप खस्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सो घटनामा च्याङ्थापुका ३५ वर्षीय कैलाश अधिकारीको मृत्यु भएको र जीपमा सवार अन्य नौजना घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार याङ्वरक गाउँपालिकादेखि सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे१ज २०५१ नंको जीप बिहान ८ बजे याङ्वरक–३, चैतेभीरबाट खसेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गतको कच्ची सडकको चिप्लो बाटोमा जीप चिप्लिएर २५० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनाबाट परेका नौमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याउने काम भइरहेको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?