धरहरापछिको सबैभन्दा अग्लो ‘भ्यू टावर’ उद्घाटन गर्दै ओली

लोकपथ
539
Shares

बुटवल । काठमाडौंको धरहरापछिको सबैभन्दा ठूलो भनिएको भ्यू टावरको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज गर्दै छन् ।

तिलोत्तमा नगरपालिका-२ स्थित वनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले भ्यू टावरको उद्घाटन पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले आज गर्ने भएका हुन् ।

लिफ्टसहितको सुविधा भएको भ्यू टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिनेछ ।

कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?