स्कल्ल वीक २०२२ को समापन समरोहमा ४ विधामा नबिल स्किल्ल हिरोको घोषणा

लोकपथ
0
Shares

काठमाडौं । स्किल वीक २०२२, तेस्रो संस्करण समापन समारोह आज आईतवार द सोल्टी होटेलमा आयोजित विशेष जमघटको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू, र १००+ इच्छुक उत्साहीहरुको उपस्थितिमा भव्यताका साथ समापन गरिएको छ । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए।

स्किल वीक एक हप्ते कार्यक्रम थियो जसमा विभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिपप्रतिको महत्व, व्यापार, सेवा, आधुनिक प्रविधीदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक कार्यक्रम २१ मार्चदेखी २९ मार्चसम्म संचालन भएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य, विज्ञान तथा प्रबिधी रहेका थिए ।

यसैबीच, यिनै चार विधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई नबिल स्किल हीरो अवार्ड २०२२ उपाधीबाट सम्मानित गरेको थियो । पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष/एमडी श्री लक्ष्मण न्यौपानेलाई सम्मान गरिएको थियो किनभने उनी पर्यटनको क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रुपमा परिचित छन् ।

त्यसैगरी, कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि किरण मानन्धरलाई पनि सम्मान गरिएको थियो । उनी विगत पाँच दशकदेखि नेपालमा समसामयिक कला क्षेत्रमा प्रख्यात छन् । उद्यमशीलता विधामा लक्ष्मी वुड क्राफ्ट उद्योगका संस्थापक तथा उद्यमी लक्ष्मी शर्मालाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुरस्कृत गरियो ।

विज्ञान र प्रविधि क्षेत्रका लागि, तिलगंगा आँखा संस्थानका संस्थापक र दृष्टिविज्ञ नेक्र रोग विशेषज्ञ सन्दुक रुइतलाई सानो चीरा मोतियाबिन्दुको शल्यत्रिया गरेर अफ्रिका र एसियाभरका १ लाख ८० हजारभन्दा बढी मानिसको आँखाको ज्योति पुनर्स्थापना गर्ने प्रयासको लागि सम्मान गरिएको थियो। नबिल स्किल हिरो – सस्टेनेबल बैंकिङ अवार्ड सुयल बखरा फर्मबाट एकराज सुयललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?