यही तरिकाले देश जर्जर अवस्थामा पुग्छ : राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसी

राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले यही तरिकाले देशको राजनीति र राज्य संयन्त्र चल्दै जाने हो भने देश अझ जर्जर अवस्थामा पुग्ने र नेपाली जनताले दु:ख पाउने बताएका छन् । 

लोकपथ टेलिभिजनको कार्यक्रम खास कुरासँग उनले यस्तो खुलासा गरेका हुन् । 

 

देशको भाग्य र भरोसा मिडिया, बौद्धिक वर्ग, नागरिक समाज र यूवाको हातमा रहेको भन्दै यी चार तत्वहरु राजनीतिक शक्ति र केन्द्रको वरिपरी घुम्ने थालेको कारण अब नेपालीले झनै दुःख भोग्नुपर्ने दिन आउने खतरा बढेको उनको भनाइ छ ।

मुस्ताङको सुत्केरी हेलिकप्टर चढेर काठमाडौं आइपुग्दा बौद्धको गर्भवती महिला चाबहिल बौद्धमा जाममा मृत्यु होला भन्ने डर भइसक्यो । काठमाडौंको माईतिघर मण्डलामा विरोध प्रर्दशन गर्दा जाम बढ्छ । नागरिकले सास्ती पाउछन् भन्ने बेतुकको कुरा गर्न हाम्रा प्रधानमन्त्रीलाई सुहाउँछ ?’

विरोध प्रर्दशनको लागि सरकारले निश्चित ठाउँ तोकेको सन्दर्भमा उनले भने, ‘मुस्ताङको सुत्केरी हेलिकप्टर चढेर काठमाडौं आइपुग्दा बौद्धको गर्भवती महिला चाबहिल बौद्धमा जाममा मृत्यु होला भन्ने डर भइसक्यो । काठमाडौंको माईतिघर मण्डलामा विरोध प्रर्दशन गर्दा जाम बढ्छ । नागरिकले सास्ती पाउछन् भन्ने बेतुकको कुरा गर्न हाम्रा प्रधानमन्त्रीलाई सुहाउँछ ?’ 

 

अर्को फरक प्रसंगमा उनले राजसंस्था फर्किहाल्ने कुनै आन्तरीक कारण नदेखेको बताउँदै यदि फर्किहालेको सन्दर्भमा स्थायी रुपमा टिकीरहन बढी जटिल रहेको टिप्पणी गरे । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?