अवैध भारतीय नोटसहित एक पक्राउ

पर्सा । रक्सौलबाट वीरगञ्जतर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवैध भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

भारत बिहार मोतिहारी सुगौलीका २८ वर्षीय अभिजित कुमार सर्राफलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ८ प्रहरीले लाख १ हजार २ सय भारतीय नोट बरामद गरेको छ । 

शनिबार बिआर ०५ के ६४४४ नम्वरको पल्सर मोटरसाइकललाई चेक जाँच गर्ने क्रममा  मोटरसाइकलको तेल ट्याङकीको आधा भागमा पेट्रोल र अर्को भागमा अवैध भारतीय नोट ५ सय दरको १ हजार ४ सय ३८ थान, २ हजार दरको ११ थान, २ सय दरको ३ सय १ थान लुकाइ राखेको अवस्थामा फेला परेको थियो ।

सर्राफलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा पठाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?