नेकपा एसले सरकारमा सशक्त उपस्थिति देखाएको श्रममन्त्री श्रेष्ठको दाबी

लोकपथ
63
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवम् नेकपा एसका नेता कृष्णकुमार श्रेष्ठले सरकारमा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाएको दाबी गरेका छन् ।

अझै कतिपय काम अर्को पार्टीको प्रधानमन्त्री भएको हुनाले गर्न नसकिएको उनको भनाइ छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल घोषणा तथा सम्मान समारोहमा बोल्दै मन्त्री श्रेष्ठले केही महिनाभित्र नै नेपाल ट्रेड युनियनभन्दा एकीकृत ट्रेड युनियन महासंघ, नेपाल ठूलो बन्ने दाबी समेत गरे । त्यसका लागि आवश्यक सहयोग मन्त्रालयबाट आफूले गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

नेकपा (एकीकृत समाजवादी) सरकारमा गएपछि स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएको दाबी पनि मन्त्री श्रेष्ठले गरे ।

मन्त्री श्रेष्ठले भने, ‘यसभन्दा अघिका वक्ताहरुले पनि महासंघले भनिसक्नुभएको छ । केही महिनाको मेहेनतमा आज नेपालको ट्रेड युनियनभन्दा हामी धेरै ठूलो हुँदैछौँ । एक वर्षभित्रमा नेपालको सबैभन्दा ठूलो महासंघ हामी बनाउँछौँ । त्यसको लागि मन्त्रालयको तर्फबाट, पार्टीको तर्फबाट गर्नुपर्ने सहयोग, साथ गर्ने कुनै पनि बखत गर्ने प्रतिवद्धता जनाउन चाहन्छु । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकार सम्हालिसकेपछि यो कालमा एउटा स्वर्णिम कालको रुपमा ट्रेड युनियन आन्दोलनलाई अघि बढाएका छौँ । यो गठबन्धन सरकार हो । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुहुन्छ, हामी मन्त्रीले चाहेर पनि सबै काम गर्न सक्दैनौँ । हामीले अहिले सशक्त उपस्थिति सरकारमा देखाएका छौँ । हामी सबैकाम श्रमिकहरुको हकहीतको लागि हुने प्रतिबद्धता जनाउन चाहन्छु । तपाईँहरुले राजनीति भन्दा श्रमीकहरुको हकहितको लागि काम गर्नुहोस् । एकीकृत ट्रेड युनियन, महासंघ, नेपाल श्रमीकहरुको नेतृत्व गर्नेछ र यसले नेपालका धेरै श्रमीकहरुको धेरै समस्या समाधान गर्नेछ ।’

मन्त्री श्रेष्ठले एकीकृत ट्रेड युनियन महासंघ, नेपालमा आवद्ध भएका सदस्यहरुलाई राजनीति नभइ श्रमिकका हकहीतको बारेमा सोच्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?