वीरगञ्जबाट एक करोड रकमसहित एक पक्राउ

पर्सा । प्रहरीले वीरगञ्जबाट एक करोडभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । 

जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् । उनीसँगै अन्य केही व्यक्ति पनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले पुष्टि गरे छन् ।
पक्राउ परेका केशरीबाट बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।

एसपी ढकालका अनुसार पक्राउ परेका केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन् भने पक्राउ परेका अन्यको संलग्नता रहेको वा नरहेको भन्ने बारेमा अनुसन्धान भइरहेको बताए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?