काठमाडौं– क्यानडा जाँदै गरेको नेपाल संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमनस्थलबाट नियन्त्रणमा लिएको छ ।
विश्व संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जान लागेका उपकूलपति प्राध्यापक डाक्टर कूलप्रसाद कोइरालालाई प्रहरीले विदेश उड्नु केहि घण्टाअघि मात्रै विमानस्थलबाट नियन्त्रणमा लिएको हो । उनलाई विमानस्थलबाट प्रधानमन्त्री निवास बालुवाटार पुर्याएको प्रहरीले एक घण्टापछि नियन्त्रण मुक्त गरेको बताइएको छ ।
सबै प्रक्रिया पूरा गरेर विदेश जान लागेको भएपनि आफूलाई अपराधी जस्तो गरेर सरकारले नियन्त्रणमा लिएको उनले गुनासो गरे । फरक राजनीतिक आस्था भएकै कारणले आफूलाई विदेश जानबाट रोकिएको हुन सक्ने उनको आशंका छ ।
तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कोइराला नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया