गुल्मीको जंगलबाट प्रहरीले एक राइफल र तीन थान सकेट बम बरामद गरेको छ ।
गुल्मीको मालिका गाउपालिका ४ स्थित भीरखर्क भन्ने स्थानको जंगलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले एकथान राइफल र सकेट बम बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी अगुराग कुमार द्धिवेदीले जानकारी दिए ।
उक्त हतियार अर्खाबाङ प्रहरी चौकीले नियन्त्रणमा लिएको बताईएको छ ।
हतियार तत्कालिन माओवादीको कम्ब्याट ड्रेसले बेरेर राखेको तथा खिया समेत लागिसकेको पाइएकाले द्धन्द्धकालमै लुकाएर राखिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया