काभ्रे । काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएको छ ।
बा२ख ७०९१ नम्बरको ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते चालकको शिर मेमोरियल अस्पतालमा सामान्य उपचार पछि चिकित्सकहरुले काठमाडौं रिफर गरेको प्रहरीले जनाएको छ ।
ट्रिपरले ठक्कर दिएको मोटरसाइकलको नम्बर भने खुलेको छैन ।
दुर्घटनापछि आक्रोसित भएका स्थानीयले ट्रिपरमा आगो लगाएका छन् । ट्रिपरसँगै नजिकै रहेको मोटरसाइकल पनि पूर्ण रुपमा जलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया