काठमाडौं –नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा पहिलोपटक निरन्तर अवरोध गरेका कारण सोमबारको दुईपटक बसेको बैठक स्थगित भएको छ । दिउँसो १ बजे बसेको पहिलो बैठक स्थगित भएको केही बेरपछि पुनः दोस्रोपटक बसेको बैठकसमेत कांग्रेसको अवरोधपछि सोमबारसम्मका लागि स्थिगित भयो ।
पहिलो बैठकमा प्रमुख प्रतिपक्ष दल कांग्रेस आफैंले दर्ता गरेको विशेष सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखेको भन्दै सदनमा अवरोध गरेपछि स्थगित भयो । आधा घण्टापछि पुनः सुुरु भएको दोस्रो बैठकमा पनि उसले कार्यसूचीमा नसमेटेको भन्दै विरोध दाहो¥याइरह्यो । कांग्रेसले विरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले आगामी सोमबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा।गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । त्यस विषयमा शुक्रबारै छलफल गर्न कांग्रेसले संसद्मा ध्यानाकर्षण गरायो । कांग्रेस सांसद बालकृष्ण खाँडले शुक्रबार बसेको पहिलो बैठकमा सरकारले यस विषयमा छलफल नगरे संसद् सञ्चालन हुन नदिने बताए । सभामुखले सरकारलाई यस विषयमा जानकारी गराइसकेको र सरकारका तर्फबाट जवाफ आउन समय लाग्ने बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया