साउदी जेलमा नेपाली चालक

काठमाडौँ- खार्मी–८, खोटाङका सुदीप तामाङलाई बिनालाइसेन्स १० चक्के ट्रेलर जबर्जस्ती चलाउन लगाइयो । गोरखा नेपाल म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ शुल्क तिरेर २९ वैशाख २०७२ मा उनी साउद मुस अल हिदाइरस सिओ पाटनरसिप कम्पनीमा चालक काम गर्न गएका थिए । नेपालमा ट्रक चलाएका तामाङलाई १० चक्के ट्रेलर चलाउन लगाइयो ।

तर, उनलाई साउदीको लाइसेन्स दिइएको थिएन । ‘बिनालाइसेन्स गाडी चलाउदिनँ भनेर अडान लिएँ । साहुको अगाडि हामीजस्तो लेबरको केही चलेन,’ उनले भने, ‘केही परे कम्पनीले जिम्मा लिन्छु भन्ने सर्तमा गाडी चलाउन बाध्य पारियो ।’

११ महिना त जसोतसो चलिरहेको थियो । एक दिन ट्रेलर साइड लिन खोजिरहेका बेला पछाडिबाट हुइँकिएर आएको सानो कार ट्रेलरमुनि छिर्‍यो । दुई जना पाकिस्तानीको ज्यान गयो । एक जनाको अंगभंग भयो । २२ महिना केन्द्रीय कारागार बसेका तामाङलाई ४ लाख रियाल (झन्डै एक करोड २० लाख रुपैयाँ) ब्लडमनि दिनुपर्ने फैसला सुनाइयो । अब उनी यो रकम तिरेपछि मात्रै साउदीबाट स्वदेश आउन पाउँछन् । ‘
रियादस्थित नेपाली दूतावास र जेद्दास्थित नेपाली महावाणिज्य दूतको कार्यालयका अनुसार बिनालाइसेन्स सवारी चलाउनुपर्ने बाध्यता निकै गम्भीर बन्दै गइरहेको छ । ‘धेरैजसो नेपाली ड्राइभरको लाइसेन्स नै भएन भन्ने गुनासो आउँछ,’ नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्मा भन्छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?