पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु

काठमाडौं–सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी सैलेश थापाले प्राकृतिक विपत्तिभन्दा सवारीसाधन दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या दुई गुणा धेरै रहेको बताए । आजको नयाँ पत्रिका दैनिकमा यसबारे विस्तृत समाचार छापिएको छ ।
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७४(७५ को वैशाख मसान्तसम्म मुलुकभर सवारी दुर्घटनाका ९ हजार ५० घटना भए । दुर्घटनामा २ हजार ९७ ले ज्यान गुमाए । १० हजार २ सय ३३ घाइते भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?