जिवित सालक सहित दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले जिवित सालक सहित २ जनालाई पक्राउ गरेको छ । 

ब्यूरो प्रहरीले बातावरण तथा बन्यजन्तुसंग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ बस्ने २९ वर्षीय राजेन्द्र तामाङ र बाग्लुङ निसिखोला गाउँपालिका–२ बस्ने ३१ वर्षीय दुर्गा बहादुर बि.क.रहेका छन् । 

उनीहरुलाई प्रहरीले काठमाडौं महानगरपालिका–४ शंखपार्क अगाडीबाट अवैध रुपमा खरिद बिक्री गर्न बोकी हिडेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ अभियुक्त दुबैजनालाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तिसारमा पठाउनुका साथै जिवित सालक संरक्षणका लागि सदर चिडियाखाना जावलाखेलमा बुझाइएको ब्यूरोले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?