मोरङ लेटाङ घटना : प्रशासनले लगायो कर्फ्यू

लोकपथ
224
Shares

काठमाडौं । फागु खेल्ने क्रममा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू जारी गरेको छ ।

प्रशासनले उक्त घटनालाई लिएर प्रहरी र अभिभावकबीच तछाडमछाडको अवस्था आएपछि बिहान ७ बजेबाट अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

मोरङ लेटाङ न पा ५ स्थित शिक्षा विकास माविका एक शिक्षकले सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई दुर्व्यवहार गरेपछि आइतबार छात्रछात्रा, अभिभावक र शिक्षकसहित छलफल भएको थियो । सो आक्रोशित अभिभावक, विद्यार्थीहरुले तोडफोड र आगजनी समेत गरेका थिए ।
झडपको क्रममा महिला प्रहरी घाइते भएको र उपचारको क्रममा मृत्यु समेत भएको थियो । प्रहरीमाथि ढुंगामुडा गर्नेहरु मध्ये ६ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?