लुटपाटमा संलग्न २ जना पक्राउ, कुमालको शव भेटियो

तनहुँ– लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई  तनहुँ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

बुधबार साँझ ब्यास नगरपालिका ४ चाईनापुल नजिक पाल्पाबाट काठमाण्डौ तर्फ जादै गरेका मनोज कार्की र कमल सिंह बस्न्यातलाई सावेल प्रहार गरी लुटपाट गर्ने चितवन भरतपुर

महानगरपालिका ७ जगतपुर स्थायी घर भई व्यास ३ भतेरीमा कवाडी संकलन गर्ने लक्ष्मण राई  र व्यास नगरपालिका २ बाराहीका  प्रविन शाक्यलाई प्रहरीले   पक्राउ गरेको हो ।

उनीहरुले मनोज कार्कीको नगद १७ हजार र कमल बस्नेतको नगद १२ हजारका साथै सुनको आधा तोलाको औठी र घडी लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

सो उजुरीपछि  अनुसन्धानका क्रममा लुटेरा लक्ष्मण राई र प्रबिन शाक्य रहेको खुल्न आएकोमा खोजतलास गर्दै जादा लक्षमण राईलाई रु १३० र   प्रबिन शाक्यलाई रु ६२७५  नगद सहित पक्राउ

गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।  उनीहरु दुबैलाई चोरी मुद्धामा अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान जनाइएको छ ।

यसैबीच खोलाले बगाई बेपत्ता भएका तनहुँको  भिमाद ८ सिम्लेका याम बहादुर कुमालको शब देवघाट गाउँपालिका ३ स्थित सेती नदीको किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?