फोटो अफ दि ईयरको उपाधी नरेन्द्र श्रेष्ठलाई

फोटो अफ दि इअर २०७५ को उपाधी नरेन्द्र श्रेष्ठले जितेका छन् ।

फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता –२०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका हुन् । 

श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउदै गरेको फोटो यो वर्षको आइएमई ग्लोबल आइएमई फोटो अफ द इयर घोषित भएको हो ।

यो उपाधिसँगै श्रेष्ठले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।  आफूले पुरस्कारवापत पाएको रकम कमल सदा र यादव थपलियाको परिवारलाई दिने श्रेष्ठले बताए ।   

उनले सदाको परिवारलाई ७० हजार र थपलियाको परिवारलाई ३० हजार रुपैयाँ दिने बताए ।

यसैगरी दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल र आइएमएस डेली लाइफ’ विधामा सुनिता डंगोलले बाजी मारे ।

त्यस्तै अंगद ढकालले अर्घाखाची सिमेन्ट न्युज विधाको उपाधि जिते भने नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा श्रीराम खत्रीले तथा कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले जिते ।

त्यस्तै डिसहोम एक्सन स्पोर्टस विधाको उपाधि प्रतिक रायमाझीले जिते भने नेप्टोस फोटो स्टोरीमा मनिष पौडेलको फोटो प्रथम भयो ।

हरेक विधामा पहिलो हुने फाटोले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजारु रुपैयाँ पुरस्कार पाएका छन् ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?