डा. केसी इमर्जेन्सीमा

जुम्ला -अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनलाई अनशनस्थल (जिल्ला खेलकुद विकास समितिको कभर्डहल) बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । उनीहरूले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुगु, कालिकोट, हुम्ला, डोल्पाका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?