मुग्लिन पहिराेकाे अत्यास : माथिबाट खस्दै, तलबाट पैदलै हिँड्दै, ५ तस्वीरमा हेर्नुहोस्

मुग्लिन–चितवनको रामपुरका झकबहादुर गुरुङ पहिरो खस्ने डरले बिहानै गोरखाको भच्छेक जान परिवारसहित बसमा आएका थिए । तर, नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तोपेखोलाको छेवैमा खसेको पहिरोले उनको यात्रा रोकियो ।

“जरुरी कामका लागि जान लागेको नगै भा’ छैन ”– पहिरो पन्छाउन खटिएका एकजना प्रहरी अधिकारीलाई उनले अनुनय गरे ।

प्रहरीको अनुमति पाएपछि उनले पहिरो खस्दै गरे पनि हिँडेरै पहिरो छिचोले । पिठ्यूँमा भारीको पोको बोकेर घरी पहिरो खसेतिर नियाल्दै घरी पहिरोको थुप्रोमा दगुर्दै उनले तोपेखोला र कालिका खोलाको पहिरो पार गरे । “धन्न पहिरो पार भयो,” लामो सास फेर्दै गुरुङले भने – “अब हिँडेरै पनि गइन्छ । तोपेखोलाबाट मुग्लिन आइपुग्न करिब ३ किलोमिटर छ ।”

हिडँ्दै गर्दा लोकल रुटमा एउटा गाडी फेला प¥यो । तीन किलोमिटरको दूरीको रु ५० प्रतिव्यक्ति तिरेर उनी  अपराह्न मुग्लिन आइपुगे । उनी मात्रै होइन बुधबार यसरी पहिरो खस्दै गर्दा दौडिएर पार गर्ने यहाँ धेरै यात्रु थिए ।

यस्तै, मुग्लिनतर्फबाट गएका यात्रु पनि पोका पुन्तुरासहित आफूले यात्रा गरेको गाडी छाडेर पैदलै पहिरो पार गर्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?