पानीमा डुबेर बालकको मृत्यु, बालिका गम्भीर

पर्सा । वीरगञ्जको रामगढवामा आज पानीमा डुबेर एक बालकको मृत्यु र एक बालिका गम्भीर बिरामी भएकी छन् । वर्षाको पानी जमेको खाल्डोेमा लड्दा पर्साको धोवनी गाउँपालिकाको असवारी घर भई हाल रामगढवामा बस्दै आएका धामुुप्रसाद यादवको सात वर्षीय छोरा आलोक यादवको डुबेर मृत्यु र ६ वर्षीय छोरी निक्कीकुमारी यादव गम्भीर बिरामी भएकी हुन् । 

सडक निर्माणमा माटो प्रयोगका लागि खनिएको खल्डोमा जमेको वर्षाको पानीमा डुबेर आलोकको मृत्यु भएको र निक्की गम्भीर बिरामी भएकी जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

उहाँले घरबाट खेल्न निस्केको भाइबहिनी खाल्डोमा लडेको केही बेरपछि स्थानीयवासीले देखि दुवै जनाको उद्धार गरेको र दुवै जनालाई उपचारका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पतालमा लैजाँदा चिकित्सकले आलोकलाई मृत घोषणा गरेको बताए ।

मृतकको शवपरीक्षणका लागि उपक्षेत्रीय अस्पतालमा राखिएको छ भने गम्भीर बिरामी भएकी निक्कीको उपचार वीरगञ्जकोे भेडियाहीमा अवस्थित नेशनल मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?