ओखलढुंगामा जीप दुर्घटना : २ को मृत्यु, ३ को अवस्था गम्भिर

ओखलढुङ्गा । सुनकोसी गाउँपालिकाको मूलखर्कबाट ओखलढुंगाको सदरमुकामका लागि छुटेको जीप च्यानमको भालदिपमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जान गम्भिर घाइते भएका छन् । 

बुधवार बिहान बा १५ च ८८४३ नम्बरको जीप सडकवाट करीब ३ सय मिटर तल खसेको सुनकोशी गाउँपालिकाका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।

घाइतेहरुको उद्धार गरि उपचारका लागि ओखलढुङ्गा अस्पताल तर्फ पठाइएको पनि उनले जानकारी दिए । 

मृतक दुई मध्ये एकको घटनास्थलमै र अर्का एकको उपचारका लागि ओखलढुंगा तर्फ ल्याइँदै गर्दा बाटैमा मृत्यु भएको गाउँपालिका प्रमुख अधिकारीले बताए । 

दुर्घटनामा परि घाइते भएका तिनैजनालाई उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याइएको छ । घाईते तिनैजनाको अवस्था गम्भिर रहेको छ । घटनामा परि मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?