कैलाश मानसरोवर दर्शन गर्न गएका ८ भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।
चीनको तिब्बतमा पर्ने कैलाश मानसरोवर दर्शनका लागि गएका भारतीय तीर्थयात्रीमध्ये यो सिजनमा ८ जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी रवीन्द्र श्रेष्ठका अनुसार यो सिजनमा मानसरोवर पुगेर फर्कने क्रममा अहिलेम्म ८ जना भारतीय तीर्थयात्रीको मृत्यु भइसकेको छ ।
सिमिकोटमा मृत्यु हुनेको शव काठमाडौँ ल्याई र ताक्लाकोटमा मृत्यु हुनेहरुको शव ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।
खराब मौसमका कारण अहिले पनि झण्डै १५ सय भारतीय तीर्थयात्रुहरु सिमिकोट र ताक्लाकोटका अलपत्र परिरहेको र उनीहरुको उद्धार कार्य भईरहेको छ ।
इस्वीको मे देखि सेप्टेम्बरसम्म पर्ने यो सिजनमा धेरैजसो भारतीय श्रद्धालुहरु तीर्थयात्राका लागि मानसरोवर जाने गर्दछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया